site stats
बाह्रखरी :: Baahrakhari
देश
पाल्हीनन्दनका तत्कालीन वडाध्यक्ष तेलीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले गलत लिखतका आधारमा जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा पाल्हीनन्दन गाउँपालिका–५ वडा सदस्य नरेशप्रसाद बढई, सोही वडामा बस्ने रविकुमार खत्री, मजिद जोलाहा, पुर्नमासी अहिर, प्रेमसागर चौधरी, बृज भुषण नाथ योगी, नारद कुर्मी, कपिल देव कुर्मी, राधेश्याम बनिया, पशुपति बनिया, सोमै कहार, भगौती चमार, सेतवाध यादव, रमेश सहानी, संघर्ष कुमार खत्री र हरिशंकर बनिया छन् ।

गैरनेपाली नागरिकलाई गलत लिखतका आधारमा नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी उनीहरूले भ्रष्टाचार गरेको भेटिएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्