site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसेलले ल्यायो नयाँ ‘टिकटक प्याक’, 'सधैं अन'को प्याकेजमा निःशुल्क चलाउन मिल्ने

काठमाडौं । एनसेलले शुक्रबार (भदौ २१)बाट लागु हुने गरी टिकटक प्याक सञ्चालनमा ल्याएको छ । जसअनुसार एनसेलको 'सधैँ अन' प्याकमा पाइने निःशुल्क डेटामा टिकटक पनि चलाउन मिल्ने भएको हो ।

यो प्याकअन्तर्गत करसहित १७५ रुपैयाँमा सात दिनसम्म अनलिमिटेड टिकटक चलाउन पाइने एनसेलले जनाएको छ । यसमा अन्य प्रयोजनका लागि इन्टरनेट प्रयोग गर्न दुई जीबी डेटा पनि मिल्ने भएको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले टिकटकको प्रयोगमा लगाइएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको 'सधैँ अन'का सबै प्याकमा निःशुल्क पाइने सोसल मिडिया डेटामा टिकटक पनि थपिएको बताएको छ ।

यससँगै 'सधैँ अन' प्याकमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्करूपमा आउने डेटाबाट चलाउन मिल्ने भएको हो ।

“नेपालमा निकै नै मनपराइएको सामाजिक सञ्चाल टिकटकमा लगाइएको रोक हटाइनु दूरसञ्चार क्षेत्र र ग्राहकहरू सबैका लागि स्वागत योग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौँ,” एनसेलका चिफ कमर्सियल अफिसर, उमेर मोहसीनले भने, “हामीले आजैबाट लागु हुने गरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौँ र साथै 'सधैँ अन' प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौँ । यसले हाम्रा ग्राहकवर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौँ ।”

एनसेलले 'सधैँ अन' योजना अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरि तीन प्रकारका प्याकहरू प्रदान गर्दै आएको छ । बेसिकमा सात दिन समयसीमा रहेको सधैँ अन प्याकमा ग्राहकहरूले अन्य बन्डल सेवाहरू बाहेका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् ।

त्यस्तैगरी, 'सधैँ अन'को २८ दिने बेस्ट अन्तर्गतका प्याकहरूमा प्याक अनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । 'सधैँ अन' अनलिमिटेड प्याकहरू अन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ ।      

यसै भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको थियो । यो निर्णयपश्चात् नेपाल दूरसञ्चार प्राधिकरणले आज शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै सबै मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्