site stats
बाह्रखरी :: Baahrakhari
देश
तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक तीर्थमाया खत्वेसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले गैरकानुनी लाभ तथा हानी पुर्‍याएर ६ लाख ४५ हजार ६६५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा तिरहुत गाउँपालिकाका  तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव, रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सबइन्जिनियर जागेश्वर मण्डल, सदस्यद्वय दुर्गानन्द यादव र विरेन्द्रकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष रवेन्द्रकुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणकुमारी यादव छन् ।

तिरहुत गाउँपालिका वडा नम्बर १ देखि ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा नापी किताब अनुसार कार्य नगरेको तथा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा योजनाको सम्झौताबमोजिम काम नभएको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्यांकनसहितको नापी किताब तयार गरेको र वास्तविक भएको कामको भन्दा ६ लाख ४५ हजार ६६५ रुपैयाँ झुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्