site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पलाई ह्यारिसको जवाफ– म बाइडेन होइन, तपाईं म सँग चुनाव लड्दै हुनुहुन्छ 

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति उमेदवार कमला ह्यारीससँगको टेलिभिजन डिवेटमा कमला पनि राष्ट्रपति जो बाइडेन जस्तै भएको टिप्पणी गरेका छन् ।

स्थानीय समयअनुसार मंगलबार राति भएको डिवेटमा ट्रम्पले भनेका थिए, “बाइडेनबाट अलग हुन खोजे पनि उनी (कमला ह्यारिस) बाइडेन नै हुन् ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कमला ह्यारिसले भने आफू बाइडेन पनि नभएको र ट्रम्प पनि नभएको टिप्पणी गरिन् ।

“म जो बाइडेन होइन र ट्रम्प पनि होइन,” ह्यारिसले भनिन् । उनले अमेरिकाका लागि नयाँ पुस्ताको लिडरसिपको विकासमा आफूले काम गर्ने प्रतिबद्धता जनाइन् । 

ट्रम्पले बाइडेन प्रशासनको आलोचना गर्दा कमलाले बाइडेनविरुद्ध नभएर आफूविरुद्ध चुनाव लडिरहेको उनलाई सम्झाएकी थिइन् ।

ट्रम्पले भने– मैले चुनाव जिते कार्यभार सम्हाल्नुअघि नै रुस–युक्रेन युद्ध रोक्छु

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्