site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पुँजी बजारलाई बाँध्न खोज्नु हुँदैन : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले पुँजी बजारलाई प्रभावित पार्ने निर्णय संसदीय समितिहरूले गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा उनले सार्वजनिक लेखा समितिले केका आधारमा ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन गर्न नदिने निर्णय गर्‍यो भन्ने विषयमा छलफल गरिनुपर्नेमा जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सञ्चालनमा नआई आईपीओमा आउने कम्पनी पनि छन्, ती कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ ?,” उनले भने, “बजारमा अब्बल कम्पनी भित्रिएका छैनन् । हामीले समग्र रूपलाई हेर्नुपर्छ । ऐन–कानुनका कारणले राम्रा कम्पनी नआएका हुन् कि ! बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्नु हुन्न ।”

धितोपत्र बजारलाई स्वतन्त्र छोड्न बोर्डलाई सबल बनाउनुपर्ने उनले बताए । बजार सधैँ एउटै किसिमको उनले उल्लेख गरे । पुँजी जुटाउने विषयलाई रोक लगाउन नहुने उनको भनाइ थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्