site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भदौमा सुनको मूल्यको ‘रेकर्डै–रेकर्ड’

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को भदौमा नेपाली बजारमा सुनको मूल्यले नयाँ–नयाँ रेकर्ड बनाएको छ । भदौमा सुनको मूल्य एक लाख ५२ हजारको आसपासभन्दा तल झरेन ।

भदौको मूल्यलाई हेर्दा ७ गते एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछिका दिनमा सुनको मूल्यले नयाँ–नयाँ रेकर्ड बनाउँदै आएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज (सोमबार) छापावाल सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ । भदौ महिनाको अन्तिम कारोबार दिन आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो महिना नेपाली बजारमा एक लाख ५३ हजार १००, एक लाख ५३ हजार २००, एक लाख ५३ हजार ४००, एक लाख ५६ हजार ३००, एक लाख ५६ हजार ८०० र आज एक लाख ५७ हजार ३०० रुपैयाँ गरेर ६ वटा रेकर्ड बनेका छन् ।

आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर कारोबार भएको हो । आइतबार एक लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १५ रुपैयाँ बढेर एक हजार ९१५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्