site stats
बाह्रखरी :: Baahrakhari
देश
समितिको निष्कर्ष– ठूलो लगानी, अत्यधिक खर्च तर न्यून आयले गोर्खा मिडिया डुब्यो 

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क असफल हुनुको प्रमुख कारण ठूलो लगानी, अत्यधिक खर्च तर न्यून आय रहेको निष्कर्ष निकालेको छ ।

शुक्रबार सार्वजनिक भएको समितिको प्रतिवेदनमा कम्पनीलाई घाटा हुँदाहुँदै सञ्चालकहरूले अत्यधिकरूपमा तलब लगेको उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“गोर्खा मिडिया नेटवर्क प्रा.लि. असफल हुनुको प्रमुख कारण ठूलो लगानी, अत्यधिक खर्च तर न्यून आय रहेको देखिन्छ । खर्चको विश्लेषण गर्दा कम्पनीलाई घाटा हुँदाहुँदै सञ्चालकहरूले अत्यधिकरूपमा लगेको तलब रहेको छ । कुनै पनि सहकारी संस्थाले प्राकृतिक व्यक्तिबाहेकलाई ऋण प्रदान गर्नु हुँदैन र लगानीसमेत गर्नु हुँदैन,” प्रतिवेदनमा भनिएको छ, “तर, सञ्चालकहरूको सहकारी संस्थामा आफ्नो शक्तिको गलत उपयोग गरी अत्यधिकरूपमा ऋण लिई कम्पनीलाई ऋण प्रदान गरी सहकारी संस्थाहरूको रकम अपचलन गरेको पुष्टि हुन्छ ।”

गोर्खा मिडियामा जीबी राई, रवि लामिछाने, छविराज जोशी र कुमार रम्तेल सञ्चालक थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्