site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेशनल लाइफको 'मिट द सीईओ' कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम 'मिट द सीईओ' सम्पन्न गरेको छ ।

मधेस प्रदेशबाट योग्य भएका करिब ३० अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागी सबै अभिकर्तालाई उनीहरूको परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्किममा व्यवस्था भए अनुरुप अर्ली क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको छ । प्रमुख कार्यकारी अधिकृत खत्रीले यस कार्यक्रममा छनोट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेशस्तरीय सम्मान गर्ने क्रममा मधेस प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ता छनोट भएको बताए । त्यस्तै, मधेस प्रदेशबाट मात्रै ३० अभिकर्ता छनोट हुन सफल भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्