site stats
बाह्रखरी :: Baahrakhari
देश
सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिप्रति पूर्वराष्ट्रसेवक संगठनको आपत्ति

काठमाडौं । पूर्वराष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद् नेपालले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । परिषद्ले एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको महानिरीक्षक बसन्त कुँवरप्रति लक्षित गर्दै प्रहरीको समायोजनको विषयलाई लिएर मन्त्री गुरुङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, "सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक कार्यक्रममा आफ्नो अभिव्यक्ति दिने क्रममा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक बसन्त कुँवरप्रति लक्षित गरी नेपाल प्रहरीको समायोजनको विषयलाई लिएर दिएको अभिव्यक्ति मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारी र नेतृत्व लिइरहेको अधिकारीको मानमर्थन हुने, मनोबल घटाउने र हतोत्साहित गर्ने कार्य गरेको घटना सार्वजनिक भएको छ । नेपाल सरकारको मन्त्री जस्तो सम्मानित पदमा आसित व्यक्तिबाट भएको यस्तो अमर्यादित अभिव्यक्तिप्रति पूर्वराष्ट्र संगठन राष्ट्रिय समन्वय परिषद् दुख व्यक्त गर्दै यस प्रकारको घटनाको घोर भर्त्सना गर्दछ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल पूर्वप्रहरी संगठनका कार्यवाहक अध्यक्ष विनोद सिंह, नेपाल पूर्वसशस्त्र प्रहरी संघका अध्यक्ष रविराज थापा, राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी संघका कार्यवाहक अध्यक्ष देवीराम शर्मा, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका सभापति दिगम्बर शम्सेर राणा र सेवा परिषद् नेपालका अध्यक्ष बालकृष्ण प्रसाईंद्वारा जारी विज्ञप्तिमा यस प्रकारको घटना नदोहोरिन यथोचित कारबाहीको माग समेत गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्