site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको तापक्रमले गर्‍यो ‘रेकर्ड ब्रेक’, आज कुन ठाउँको कति ?
फाइल तस्बिर ।

काठमाडौं । असोज लागेसँगै देशभरको तापक्रम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सेप्टेम्बरमा १५ भन्दा धेरै ठाउँको तापक्रममा ‘रेकर्ड ब्रेक’ भएको छ ।

आज काठमाडौंको तापक्रमले सेप्टेम्बरमा मापन गरिएको अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ । सेप्टेम्बर २२ (हिजो)मा काठमाडौंको अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज बढेर ३३.२ डिग्री सेल्सियस पुगेको छ । जुन काठमाडौंमा सेप्टेम्बर महिनामा मापन गरिएको अहिलेसम्मकै धेरै तापक्रम हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि, काठमाडौंमा सेप्टेम्बर महिनामा सबैभन्दा धेरै तापक्रम सन् २०१२ सेप्टेम्बर ८ मा ३२.३ डिग्री सेल्सियस मापन गरिएको विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए ।

उनका अनुसार, विगतका वर्षको तुलनामा यसपालि सेप्टेम्बरमा सिरहाको लहान, काठमाडौं, भक्तपुरको चाँगुनारायण, धनकुटा, डडेलधुरा, सिन्धुपाल्चोकको बाह्रबिसे, ललितपुरको खुमलटार, ताप्लेजुङलगायत स्टेसनमा बढी तापक्रम मापन गरिएको छ ।

आज (असोज ७ गते) कुन ठाउँको तापक्रम कति ?

स्टेसन अधिकतम तापक्रम न्यूनतम तापक्रम
दिपायल ३५.५ २३.२
डडेल्धुरा २८ १७.३
धनगढी ३७.१ २७
वीरेन्द्रनगर ३५.६ २३.४
नेपालगन्ज ३६.४ २७.५
रकम २९.६ १३.९
घोराही ३४.८ २५
पोखरा ३३.२ २३.४
भैरहवा ३६.६ २७.७
सिमरा ३६.७ २७.४
काठमाडौं ३३.२ २०.४
ओखलढुंगा ३०.६ २१
ताप्लेजुङ २९.४ १८.२
धनकुटा ३४ २१.२
विराटनगर ३७.२ २८.२
जोमसोम २५ १३.५
धरान ३७.५ २६.४
लुम्ले २९ १९.२

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्