site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुमारी बैंकको ‘दसैँ उत्सव क्यासब्याक’ अफर सञ्चालनमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कुमारी बैंकले दसैँ तथा तिहारको अवसरमा ‘दसैँ उत्सव क्यासब्याक’ अफर सञ्चालनमा ल्याएको छ । यो योजना घटस्थापनादेखि नवमीसम्म सञ्चालनमा रहनेछ ।

अफरमा कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैकिङमार्फत वस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजनाअन्र्तगत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्