site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'म उद्यमी : सिजन १' सम्पन्न, अनुभवीहरू भन्छन्– महिलाले पनि जोखिम मोल्ने हिम्मत राख्नुपर्छ

काठमाडौं । महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न उद्देश्यले आयोजना गरिएको 'म उद्यमी–सिजन १' काठमाडौंमा सम्पन्न भएको छ । नारी टेलिभिजनले शुक्रबार आयोजना गरेको कार्यक्रममा व्यवसायमा महिला सशक्तीकरण, नयाँ सम्भावना, सफलताका अनुभवलगायत विषयको चर्चा गरिएको थियो ।

कार्यक्रममा सफल व्यवसायी, बैंकर्स, सेलिब्रेटी उद्यमीहरूले आफ्ना अनुभव तथा (आइडीया) साटासाट गरेका थिए । सफल उद्यमका निम्ति आफ्ना अन्तरदृष्टिबारे नायिका तथा उद्यमी श्वेता खड्काले महिलाको नेतृत्वमा उद्यम अघि बढाउन अझै पनि सामाजिक चुनौती रहेको अनुभव राखिन् । ती चुनौती सामना गर्दै आफ्नो लक्ष्य र मेहनतमा स्थिर रहेर अघि बढे सफल उद्यमी बन्न सकिने उनको बुझाइ छ । 

Ma-Udhami-(5)-1727439438.jpgसरकारले महिला सशीक्तकरणका निम्ति विभिन्न नितिहरू बनाए पनि उनीहरूका आवश्यकता र मागलाई पर्याप्त ध्यान नदिएको बुझाइ छ, पूर्वमिस नेपाल अर्थ तथा उद्यमी प्रिया सिग्देलको ।महिलालो आफ्नो सिर्जनशीलता र हिम्मतलाई पहिचान गर्दै अघि बढे सफलताको नजिक पुगिने उनको भनाइ । नीतिगतरूपमा पाएका अधिकार प्राप्तिका निम्ति समाज र राज्यसँग प्रश्न गर्ने साहस महिलाले राख्नुपर्ने सिग्देलको अनुभव छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालको वर्तमान परिवेशमा महिला पुरुष दुवैलाई खुलेर लगानी गर्ने अवस्था नरहे पनि उद्यमका निम्ति जोखिम उठाउने हिम्मत राख्नुपर्ने सुझाव बैंकर्स तथा विज्ञहरूको सुझाव छ । 

Ma-Udhami-(4)-1727439437.jpg
राष्ट्रिय वाणिज्य बैंककी डेपुटी एक्जेक्युटिभ अफिसर दुर्गाकुमारी कँडेल अब महिलाले पनि जोखिम बहन गर्न आँट गर्ने बेला आएको बताउँछिन् । आत्मनिर्भरले आफ्नो निर्णय आफैँ लिने क्षमता विकास गर्ने र प्रतिकूल वातावरणलाई पनि आफ्नो अनुकूल बनाउन सहयोग पुग्ने उनको विश्वास छ । 

कुनै पनि निर्णयक वा प्रमुख पदमा पुरुष नै हुनुपर्छ भन्ने मान्यता तोड्न सरकारले अझै बढी महिला उद्यमलक्षित कार्यक्रमहरू ल्याउनुपर्ने उनको जोड छ  । महिलाले आफ्नो क्षमता र सिपलाई नै सबल पक्ष बनाउन सके समस्याहरू पनि प्रोत्साहन बन्ने अनुभव राखिन्, उद्यमी स्वस्तिका राजभण्डारीले । 

Ma-Udhami-(7)-1727439430.jpg
एकसय बढी महिला सहभागी कार्यक्रममा तीनजना नव उद्यमीहरूले आफ्ना नयाँ उद्यमबारे जानकारी तथा लगानीका निम्ति प्रस्ताव राखेका थिए । जसमा उद्यमी बिपुला जोशी खनालले सरदार क्रियसनमार्फत आफूले नेपाली संस्कार र संस्कृतिलाई प्रोत्साहन गर्दै इभेन्ट म्यानेज्मेन्टको काम गरिरहेको जानकारी गराइन् । 

अर्की उद्यमी नेहा गिरीले फरियाँ बुटिकमार्फत आफूले पुन: प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड उत्पादन तथा बिक्री वितरण गरिरहेको जानकारी दिइन् । साथै, महिलाका निम्ति प्लस साइजका कपडा उत्पादन गरी सर्वसुलभरूपमा बजारमा उपलब्ध गराइरहेको उनले बताइन् ।

Ma-Udhami-(2)-1727439436.jpg
आफ्नै डेरामा टेलरिङ मेसिनबाट कपडाको रबरब्यान्ड सिलाएर उद्यम सुरु गरेकी रेनुका श्रेष्ठले आफूलाई अभावले नै उद्यमी बन्न सिकाएको प्रेरणादायी अनुभव सुनाएकी थिइन् । 

गहिरो जलनको उपचारपछि कोरोनाकालमा मास्क र रबरब्यान्डबाट उद्यम सुरु गरेकी उनले अहिले १८ जनालाई रोजगारी दिएको बताइन् । रेनुका क्रियसन सञ्चालन गरिरहेकी रेनुकाले सरकारी तवरबाट आफ्ना उत्पादन राख्ने (आउटलेट) स्थानको व्यवस्था भए उद्यमलाई थप अघि बढाउन सकिने अपेक्षा राखिन् ।

Ma-Udhami-(3)-1727439436.jpg

Ma-Udhami-(1)-1727439435.jpg

Ma-Udhami-(13)-1727439434.jpg

Ma-Udhami-(12)-1727439433.jpg

Ma-Udhami-(11)-1727439433.jpg

Ma-Udhami-(10)-1727439431.jpg

Ma-Udhami-(9)-1727439431.jpg

Ma-Udhami-(8)-1727439430.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्