site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बसन्त बस्नेतको ‘सिमसारा’ लोकार्पित

काठमाडौं । पत्रकार तथा उपन्यासकार बसन्त बस्नेतको दोस्रो उपन्यास ‘सिमसारा’ लोकार्पित भएको छ । वुधबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा कृतिकार बस्नेतसँगै चलचित्र निर्देशक मीन भाम, कवि अस्मिता गौतमलगायतले कृति सार्वजनिक गरे ।

कार्यक्रमका वक्ता निर्देशक भामले उपन्यासकार बस्नेतको लेखनीको प्रशंसा गर्दै साहित्यकार पारिजातको स्मरण गरे । उनले भने, "म पारिजातको प्रेममा लिप्त छु । मैले अहिलेसम्म पारिजातका साहित्यसँग प्रेम गरेँ । अहिले आएर म बसन्तजीको यो उपन्यास सिमसारासँग प्रेम गर्न थालेको छु ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिलेका चर्चित चलचित्र निर्देशक भामले पाठकीय टिप्पणी राख्दै सर्जकहरू आफ्ना सिर्जनामा युग युगान्तर बाँची रहने बताए ।

कार्यक्रममा आयोजित अन्तरसंवादमा कवि अस्मिता गौतमले उपन्यासकार बस्नेतसँग सवालजवाफ गरिन् ।

बस्नेतले आफूले लाहुरेहरूको जीवनलाई नजिकबाट नियालेको बताउँदै उपन्यासका पात्रहरूलाई भेट्दै गहिराइमा पुगेर लेखेको बताए ।

उक्त अवसरमा गायक उज्ज्वल सागरले कृति सार्वजनिकपूर्व सांगीतिक प्रस्तुति दिए । 

उपन्यास सिमसारा फाइनप्रिन्टले प्रकाशित गरेको हो । बस्नेतको यसअघि ‘७२ को विस्मय’ र उपन्यास ‘महाभारा’ प्रकाशित छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्