site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रमेश क्षितिजको कथा संग्रह ‘एउटा मायी नगरमा’ लोकार्पण

काठमाडौं । रमेश क्षितिजको कथा संग्रह ‘एउटा मायी नगरमा’ लोकार्पण भएको छ । शुक्रबार राजधानीमा आयोजित एक समारोहमा उनका पिता पवित्रराज न्यौपानेद्वारा संग्रहको लोकार्पण गरिएको हो । 

कथा संग्रहबारे टिप्पणी गर्दै लेखक कुमार नगरकोटीले नेपाली कथा लेखनमा क्षितिजको प्रवेश कथाको नयाँ क्षितिज भएको बताए । उनले भने, “सामाजिक यथार्थदेखि अतियथार्थ, म्याजिकल रियालिज्मदेखि एआईको दुनियासम्मका १७ वटा फरक कथाले पाठकलाई छुट्टै मात दिन्छन् । कथा भन्ने शैली, लेखनको भाषा र पात्र, परिवेश र चरित्र चित्रण सर्वथा नौलो छ । यी कथा पढेर म चकित र प्रसन्न भएको छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कथा पढ्नुअघि आफूले अति प्रेमले पढेको कविले कतै कथा पठनपछि निराश पो बनाउने हो कि भनेर डराएको पनि त्यस्तो नभएको उनले बताए । पढिसक्दा कथा संसारमा यसरी पनि प्रवेश गर्न सकिने रैछ र कथा यसरी पनि भन्न सकिने रैछ भन्ने बोध भएको बताए । 

“एउटा मायी नगरमाका कथा साँच्चै जादुयी छन् । नेपाली आख्यान लेखनमा क्षितिजको प्रवेशले अर्को एउटा मानक खडा गर्नेछ,” उनले भने । 

समारोहमा आफ्नो कथा लेखनको यात्रा निकै लामो भए पनि बीच–बीचमा कथाकार रमेश क्षितिज हराएको टिप्पणी लेखक क्षितिजले गरे ।

बुकहिलले प्रकाशन गरेको १७ वटा फरक कथाहरूको यस संग्रहको मुद्रण पनि कलर थिमअनुसार गरिएको छ । २७२ पृष्ठको हार्ड कभर पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्