site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘दाइबा : चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’ सार्वजनिक

काठमाडौं । इतिहासकार तथा लेखक चित्तरञ्जन नेपालीको नाममा स्मृतिग्रन्थ सार्वजनिक भएको छ । शुक्रबार ‘दाइबा : चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’ एक समारोहकाबीच सार्वजनिक भएको हो ।

पुस्तकलाई प्रा.डा. त्रिरत्न मानन्धर, मल्ल के सुन्दर, डा. मदन भट्टराई लगायतले सार्वजनिक गरे । कार्यक्रममा बोल्दै प्रा.डा. मानन्धरले चित्तरञ्जन नेपालीले इतिहास विधालाई नयाँ ढंगले लेख्न सुरु गरेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लेखक तथा भाषाविद् मल्ल के सुन्दरले काठमाडौंको वडा नं. २५ मा राजनीति, समाजसेवा, प्रशासन, शिक्षालगायत विविध विषयमा चर्चित धेरै व्यक्तिको जन्म भएको उल्लेख गर्दै सर्जक चित्तरञ्जन नेपालीको जन्म पनि यही वडामा भएको जानकारी दिए । आफूले चार दशकभन्दा बढी संगत गरेको उनले स्मरण गरे ।

पूर्वपरराष्ट्र सचिव डा. मदन भट्टराईले चित्तरञ्जन नेपालीका चार पुस्ताले पहिला जैसीकोठा, मुन्सीखाना हुँदै पछि परराष्ट्र मन्त्रालयमा योगदान दिएको बताए ।

पुस्तक चित्तरञ्जन नेपालीको पहिलो पुण्यतिथिमा सार्वजनिक गरिएको हो । ९३ वर्षको उमेरमा गत वर्ष असोज २९ गते उनको मृत्यु भएको थियो ।

पुस्तकको प्रकाशक मीनु राजभण्डारी र मनीष राजभण्डारी हुन् । यसको सम्पादन प्रकाश गुरागाईंले गरेका छन् । पुस्तकको मूल्य ५०० रुपैयाँ छ । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्