site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक

काठमाडौं । ग्रेट इन्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । आठ हजारभन्दा बढी ग्राहकमा गरिएको एक विशेष सर्भेमा ब्रान्डप्रति सर्वाधिक सन्तुष्ट ग्राहक नथिङले प्राप्त गर्न सफल भएको हो ।

ब्लोटवेयर फ्री क्लिन अपरेटिङ सिस्टमका निम्ति टेक कम्युनिटीले मुक्तकण्ठले प्रशंसा पाउने नथिङले आफ्नो तेस्रो जेनेरेसनको अपरेटिङ सिस्टम नथिङ ओएस ३ अक्टोबरमा रोलआउट गर्ने घोषणा हालै गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नथिङले आफ्नो नयाँ बड्स नथिङ इअर ओपनको गच अक्टोबर २६ मा लन्डनमा आयोजित एक समारोहमा अनावरण गर्दै नयाँ अपरेटिङ सिस्टमको समेत जानकारी दिएको हो । स्मार्टफोन तथा एक्सेसोरिज्का क्षेत्रमा रिभुलेसनरी डिजाइन, एक्सिलेन्ट परफर्मेन्स र एफोर्डेबल प्राइसिंका माध्यमबाट आमउपभोक्ताको मन हर्न सफल भएको नथिङ नेपाली बजारमा चौधरी समूहले आयात तथा बिक्री–वितरण गर्दै आएको छ ।

नेपाली बजारमा नथिङले अतुलनीय बिक्रीपश्चात्को सेवा प्रदान गर्ने नीति लिएको छ । नथिङका स्मार्टफोन तथा एक्सेसोरीज्मा कुनै पनि समस्या आएको खण्डमा रिप्लेसमेन्ट दिने वारेन्टी पोलिसी लिएको नथिङले फिजिकल ड्यामेजमा समेत नयाँ नै स्मार्टफोन आफ्ना ग्राहकलाई दिनेछ ।

हाल नेपाली बजारमा नथिङ तथा नथिङको सब ब्रान्ड सीएमएफ बाई नथिङका स्मार्टफोन तथा एक्सेसोरीजहरू सर्वत्र उपलब्ध छन् । भारतीय बजारसँग प्रतिस्पर्धा गर्ने मूल्य, उत्कृट फिचर र सर्वोत्कृष्ट बिक्री–पश्चात्को सेवाले नथिङ नेपाली बजारमा दिन प्रतिदिन लोकप्रिय बन्दै गएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्