site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सूर्य थापाले भने– नयाँ नाटक मन्चन भइरहेछ ‘प्रतिशोध !’
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कलाविहीन नयाँ नाटक मन्चन भएको र त्यो सुपरफ्लप हुने बताएका हुन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, "‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मन्चन भइरहेछ–‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो– प्रतिक्षा गरौँ ।"

थापा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति थिए । सहकारी ठगी प्रकरणमा शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको समितिले प्रतिवेदन दिएको थियो । सोही सम्बन्धमा अनुसन्धानका लागि पोखरा लगिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्