site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई बैंकद्वारा देशकै ठूलो सौर्य विद्युत् परियोजनामा लगानी गर्दै 

काठमाडौं । ग्लोबल आइएमई बैंक र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका हुन् ।  

समझदारी अनुसार प्राइम पावरले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तुमा निर्माण गरी संचालन गर्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त अवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जोड्न नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी दिए । 

परियोजनामा संलग्न लगानीकर्ता समूहद्वारा विभिन्न पाँच सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कुल जडित क्षमताको आयोजनामा समेत लगानी रहेको हुँदा यस समूह सौर्य उर्जा क्षेत्रमा नेपालकै अग्रणी समूह हो ।  

नेपालमा सञ्चालित सौर्य परियोजनामध्ये उक्त परियोजना सौर्य उर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्