site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुमारी बैंकले ल्यायो तिहार तथा छठ क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंकले आउँदै गरेको तिहार, किजा पूजा तथा छठ पर्वका अवसरमा आफ्ना सेवाग्राहीलाई शुभकामनास्वरूप तिहार तथा छठ क्यासब्याक अफर ल्याएको छ । कात्तिक १४ देखि कात्तिक २२ गते छठ पर्वसम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो ।

भाइटीका तथा किजा पूजाको दिनमा मोबाइल बैकिङबाट रकम ट्रान्सफर गर्ने पहिलो एक हजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने बैंकले जनाएको छ ।

कुमारी बैंकले ३०२ शाखा कार्यालय, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्