site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको १०० दिनको उपलब्धिमा के छ ? (पूर्णपाठ)

काठमाडौं । सरकारले १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका हुन् ।

सम्बोधनका क्रममा ओलीले सय दिनमा ७० प्रतिशत काम गरेको दाबी गरे । उनले साउन ६ गते संसद्‌‌मा विश्वासको मत लिँदा सरकारका पाँच प्राथमिकता प्रस्तुत गरेको बताए ।

“पहिलो सय दिनभित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो । तीमध्ये १८५ वटा काम सम्पन्न भएका छन् । अर्थात्, यस सरकारले आफूले सक्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले प्रकृति प्रतिकूल नभएको भए बाँकी ३० प्रतिशत काम पनि हुने सुनाए ।

अर्को प्रसंगमा ओलीले सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए । ओलीले ६०० सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए ।

“सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही गर्छौं भनेका थियौँ । अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको छ,” ओलीले भने, “६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएकामा ५७५ जना थुनामा छन् ।”

उनले सहकारी ठगलाई कारबाहीमात्रले सरकारको दायित्व पूरा नहुने भएकाले बचतकर्ताको रकम पनि फिर्ता गराउने आश्वासन दिए । 

उनले सरकार ढल्ने दिवासपना नदेख्न चेतावनी पनि दिए । “कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ,” ओलीले भने ।
 
उनले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाउने गरिएको पनि बताए । 

“सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्नेजस्ता अफवाह पनि फैलाउने गरिएको छ,” उनले भने, “यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो ।”

हेर्नुहोस् पूर्णपाठ 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्