site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन्दरीघाटबाट पुनः पानी वितरण
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण पुनः थालिएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको आएको बाढीका कारण मुहानसहित पाइपलाइन बगाएपछि खानेपानी वितरण अवरुद्ध बनेको थियो । 

ललितपुरको नख्खु खोलाको पानी बिहीबार सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएपछि आजदेखि पुनः खानेपानी वितरण कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका त्रिपुरेश्वर शाखाका प्रमुख सुमनबहादुर बस्नेतले जानकारी दिए । 

उनले भने, “बाढीका कारण क्षति भएको मुहान मर्मत गरेर सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याउन सफल भएका छौँ ।” उक्त पानी आजदेखि बल्खु, टेकु, सबल बहाललगायत क्षेत्रमा वितरण गरिने प्रमुख बस्नेतले बताए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्