site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतमा रहेका प्रवासी नेपालीले धुमधामसँग मनाए तिहार

काठमाडौं । भारतमा रहेका प्रवासी नेपालीहरूले धुमधामले देउसीभैलो खेलेर तिहार मनाएका छन् । दिल्लीस्थित नेपाली दूतावासमा दिल्ली एनसीआरस्थित सयौँ प्रवासी नेपालीहरूको उपस्थितिमा विभिन्न प्रवासी संघ संस्थाहरूले देउसीभैलो खेलेका हुन् ।

नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि कार्यक्रममा सहभागी थिए । नेपालकै शैलीमा तिहार मनाउन दूतावासले देउसीभैलो कार्यक्रमको आयोजना गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समारोहमा भारतस्थित नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र, मित्र मञ्च मानव कल्याण भारत, प्रवासी नेपाली संघ भारत, लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवार, प्रवासी नेपाली प्रेरणा समिति, नेपाली एकता समाज भारत, गोर्खा वेलफेयर एसोसिएसन लगायतले दूतावासमा नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर देउसीभैलो खेलेका थिए ।

समारोहपछि नेपाली दूतावासका शिक्षा तथा सांस्कृतिक काउन्सिलर गोकुल बस्नेतले चाडपर्वको माध्यमले नेपालीहरूबीच एकता फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्