site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कोप–२९ सम्मेलन अजरबैजानमा सुरु
तस्बिर : एएफपी ।

बाकु अजरबैजान । अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सोमबारदेखि सुरु भएको छ । विश्वभरका नेताहरू छलफल र विश्वव्यापी सहकार्यका निम्ति नोभेम्बर २२ सम्म बाकुमा भेला भई जलवायु संकटको सामनामा केन्द्रित रहने जनाइएको छ ।

देशहरूले उत्सर्जनमा कटौती र विश्वव्यापी आपूर्ति शृंखलामा थप उदारलगायत व्यवस्था गर्न नसकेसम्म कुनै पनि अर्थव्यवस्था जी–२० सहित–अनियन्त्रित विश्वव्यापी उष्णताबाट बाँच्न नसकिने तथा गम्भीर मुद्रास्फीति प्रभावबाट उम्कन नसक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रसंघका अनुसार, सम्मेलनले पछिल्लो समय विश्वव्यापी तापक्रम उच्च हुँदा बढ्दै गएका प्रतिकूल मौसमी घटनाले कोप–२९ सम्बन्धित सबैलाई विश्वव्यापी मुद्दाको समाधानका निम्ति एकताबद्ध बनाउनेछ ।

जलवायु परिवर्तनकोे प्रभावबाट जीवनरक्षा गर्न खर्बौँ डलर आवश्यक  रहेकाले कोप–२९ को मुख्य ध्यानाकर्षण आर्थिक मामलामा हुने तथा देशहरूलाई हरितगृह ग्यास उत्सर्जन घटाउन आह्वान गर्न रहने जनाइएको छ ।

यो वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ, जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसीक्युजी)’ नाम दिइएको छ ।

एनसीक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्य यो सम्मेलनमा छलफल गरिने र सन् २०२५ देखि प्रभावकारी हुने लक्ष्य राखिएको छ ।

जलवायु वित्तसम्बन्धी स्वतन्त्र उच्चस्तरीय विशेषज्ञ समूहको सन् २०२२ को प्रतिवेदनानुसार विकासशील देशहरूलाई जलवायु वित्त आवश्यकता पूरा गर्न सन् २०२५ सम्ममा प्रतिवर्ष १० खर्ब अमेरिकी डलर चाहिन्छ । सन् २०३० सम्ममा २४ खर्ब अमेरिकी डलर चाहिन्छ ।

कोप–२९ को मुख्य उद्देश्य जलवायुसम्बन्धी चुनौतीको सामना गर्ने कमजोर देशहरूलाई सहयोग गर्न वित्तीय लक्ष्यमा सम्झौता सुरक्षित गर्नु हो । रासस/एएनआई

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्