site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
फाइल तस्बिर : अलजजिरा ।

पाकिस्तान । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । 

एक विवाह समारोहबाट फर्कंदै गरेको २५ यात्रु बोकेको बस मंगलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उद्धारका लागि घटनास्थलमा खटिएका वजीर असद अलीले भने, “बसमा २५ जना सवार थिए । अहिलेसम्म १४ जनाको शव निकालिएको छ । १० जना अझै हराइरहेका छन् ।” 

गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् । रासस/एएफपी

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्