site stats
बाह्रखरी :: Baahrakhari
देश
जलवायु परिवर्तनमा विकसित देशलाई  गम्भीर बनाउन राष्ट्रसंघलाई राष्ट्रपति पौडेलको आग्रह

अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गरेका छन् । अजरबैजानमा जारी कोप–२९ को साइडलाइन मिटिङका क्रममा उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गरे ।

सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप–२९ को सम्मेलन अन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूसँग आज गरेको सामूहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलकाअनुसार, राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको समस्या अहिले नेपालजस्ता मुलुकलाई  परेको तर विकसित देशहरूलाई पनि यो समस्याबारे राष्ट्रसंघले सम्झाइदिनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले अल्पविकसित तथा विकासोन्मुख मुलुकहरूको कुनै योगदान नै नभएको तर विकराल समस्या बनेको जलवायु परिवर्तनबाट बच्न विकसित देशहरूबाट उल्लेख्य सहयोग पाउन नसकेको गुनासो गरे । उनले अल्पविकसित तथा विकासोन्मुख देशहरूलाई अनुकूलन तथा न्यूनीकरणका लागि यथेष्ट आर्थिक तथा अन्य सहयोग जुटाउन संयुक्त राष्ट्रसंघले अझ प्रयास गनुपर्नेमा जोड दिए ।

न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्