site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा भएको आक्रमणमा आठ सैनिकको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ सैनिकको मृत्यु हुनुका साथै सात प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एएफपीले मंगलबार जनाएको छ ।

खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा आठ सैनिक र नौ आतंकवादी मारिएको एक गुप्तचर अधिकारीले नाम नछाप्ने सर्तमा बताएका छन् । पाकिस्तानी तालिबान (टीटीपी)ले यस घटनाको जिम्मेवारी लिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका सात प्रहरी अधिकारी अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । 

अधिकारीका अनुसार आक्रमणकारीहरूले अधिकारीहरूका हातहतियारहरू पनि जफत गरेका थिए । अफगानिस्तानसँगको सिमानामा टीटीपीको आक्रमण बढेको बताउँदै प्रहरी अधिकारी मुहम्मद जिया उद–दिनले घटनाको पुष्टि गरेका छन् । 

तालिबान समूहले अक्टोबर–२५ मा दश प्रहरी अधिकारीहरूको हत्या गरेको थियो ।

यसअघि प्रान्तीय राजधानीको रेल स्टेसनमा सोही समूहले गरेको बम विस्फोटमा १४ सैनिकसहित २६ जनाको मृत्यु भएको थियो भने एक हप्तापछि शनिबार पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा उनीहरूले सात सैनिकको हत्या गरेका थिए । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्