site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चार स्रष्टा पुरस्कृत
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानले चारजना साहित्यकार तथा भाषासेवीलाई पुरस्कृत गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले स्रष्टाहरूलाई पुरस्कृत गरे । उनले पाँच साहित्यिक कृतिहरू लोकार्पण पनि गरे । 

कार्यक्रममा २५ हजार रुपैयाँ नगद राशिसहित ‘शंकर कोइराला आख्यान पुरस्कार’ आख्यानकार डा. राजेन्द्र विमललाई, २५ हजार नगद राशिसहित ‘कुमार–सरस्वती साहित्य पुरस्कार’ प्रा.डा. अभि सुवेदीलाई, ५१ हजार १११ नगद राशिसहित ‘चूडामणि व्याकरणकोश पुरस्कार’ प्रा. मुकुन्दशरण उपाध्यायलाई र ५५ हजार ५५५ रुपैयाँ नगद राशिसहितको ‘रामप्रसाद पन्त वाङ्मय पुरस्कार’ प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरियो ।

उक्त अवसरमा शंकर कोइराला र अनिल कोइरालाद्वारा संयुक्त रूपमा लेखिएको उपन्यास ‘डाँकु घिन्ताङसिङ’, रामप्रसाद पन्तद्वारा लेखिएको नियात्रासंग्रह ‘पुनरावृत्ति’, रामप्रसाद आचार्यद्वारा लिखित निबन्धकृति ‘कठै मेरो काँठ’, नारायण मरासिनीद्वारा लिखित यात्राकाव्य ‘प्रेमसरोवर’ र दायित्व साहित्यिक पत्रिकाको १५०औँ अंक लोकार्पण गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  २३:०३
प्रतिक्रिया दिनुहोस्