site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्टक डिलर कारोबारका लागि छानिए ११२ कम्पनी, कसरी छनोटमा पर्छन् ? (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर)का लागि कारोबारयोग्य कम्पनीको नामावली सार्वजनिक गरेको छ । धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पूरा गरेका ११२ कम्पनीको सूची नेप्सेले बिहीबार सार्वजनिक गरेको हो ।

जसमा २० वटै वाणिज्य बैंक स्टक डिलरका लागि कारोबारयोग्यमा परेका छन् । हाल नेपालमा नागरिक स्टक डिलर र नबिल स्टक डिलर छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्पनी कसरी छनोट गरिन्छ ?

नेप्सेले धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३ (२) मा कम्पनीका लागि मापदण्ड बनाएको छ । विगत तीन वर्षदेखि नाफामा रहेका कम्पनीमा मात्र स्टक डिलरले लगानी गर्न पाउँछ । त्यस्तै, लगानीकर्ताको संख्या कम्तीमा १० हजार हुनुपर्ने पनि व्यवस्था छ । बिस करोड चुक्तापुँजी भएका कम्पनीहरूको एक वर्षको कम्तीमा ८० प्रतिशत दिनमा कारोबार भएको हुनुपर्छ ।

यही परिच्छेदमा नेप्सेले प्रत्येक वर्ष यस्ता कम्पनीको अद्यावधिक गर्ने भनेर लेखिएको छ ।

यी हुन स्टक डिलरका लागि कारोबारयोग्य कम्पनी :

 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्