site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई कांग्रेसको सन्देश– बीआरआई लिने तर ऋण नलिने 
फाइल तस्बिर ।

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले चीनको महत्वकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ ‘बीआरआई’बारे प्रधानमन्त्रीलाई थप सन्देश पठाएको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सभापति, उपसभापति र महामन्त्री तथा वर्तमान परराष्ट्रमन्त्री आरजु राणा, गृहमन्त्री रमेश लेखक तथा पूर्वपरर्राष्ट्रमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महत सम्मिलित बैठकले बीआरआई सहयोग लिने तर, ऋण नलिने भनेर सन्देश पठाएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत हुँदा नै एमओयूमा हस्ताक्षर भएको परियोजना लिने विषयमा कांग्रेसमा द्विविधा नरहेको भन्दै देशलाई ऋणको भार थप्ने अवस्था भने नरहेको प्रवक्ता महतले बताए । सुरुङमार्ग, नाका जोड्ने सडकसहितका परियोजना त्यसमा रहेको भन्दै ती आयोजनालाई ‘ग्राण्ड फाइनान्सिङ’, टेक्निकल सपोर्टसहितका सहयोग लिने अवस्था रहेको उनले बताए । 

सत्ता साझेदार कांग्रेसले सुझाव दिए पनि सरकारका तर्फबाट निर्णयको अधिकार भने प्रधानमन्त्रीमा रहेको  बताएको छ । 

सन् २०१४ मा बीआरआईमा सैद्धान्तिक सहमति जनाएको नेपालले २०१७ मे १२ मा बीआरआई फ्रेमवर्क समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्