site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई राष्ट्रिय फोटो पत्रकार समूहको ध्यानाकर्षण 

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी ध्यानाकर्षणपत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले बुधबार बालुवाटारमा प्रधामन्त्रीलाई नाै बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो संग्रहालयको लागि आवश्यक पहल गराइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जिविकोपार्जन गर्ने सम्पूर्ण फोटोपत्रकारहरूको बिमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिक रूपमा बजेट व्यवस्थापनमा जोड दिन ध्यानाकर्षण गराएको छ ।

नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई प्रधानमन्त्रीले पत्रकारितामा फोटोको महत्त्व धेरै रहेकाले राज्यको तर्फबाट सहयोग गर्ने बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्