site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्सामा रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
फाइल तस्बिर ।

‍पर्सा । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले आज पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीको बचत रकम अपचलनका विषयमा अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिए ।

“अदालतले लामिछानेसहितका १४ जनालाई पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ,” उनले भने, “अदालतले अनुमति दिएकाहरूलाई कानुनी प्रक्रियाअनुसार पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाउनेछौँ ।”

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । उनलाई कास्की, रूपन्देही, काठमाडौं र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्लाजिल्लामा बयान लिने क्रम जारी छ । रासस

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्