site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अमेरिकामा मुनाका हत्यारासँग १० लाख डलर धरौटी माग

ह्युस्टन (अमेरिका) । गत अगष्ट महिनामा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा समातिएका बबी साहसँग दश लाख डलर धरौटी माग भएको छ। 

ह्युस्टनस्थित अदालतमा भएको सुनवाई पश्चात हत्या अभियुक्त बबीसँग सो धरौटी रकम माग भएको हो। गत अगष्ट २४ मा आफ्नै अपार्टमेण्टमा गोली हानी मारिएकी मुना पाण्डेको हत्या अभियोगमा हाल ह्यारिस काउण्टी जेलमा रहेका साहलाई घटनाको केही दिनमै स्थानीय प्रहरीले पक्रेको थियो।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेप्लिज एशोसियसन अफ ह्युस्टनका सल्लाहकार द्रोण गौतमका अनुसार १० लाख डलर धरौटी राख्न सकेमा अभियुक्त साहले जेल बाहिर बसेर मुद्दा लड्न सक्नेछन्। मुना पाण्डेको हत्या पश्चात ह्युस्टनको नेपाली समुदायले स्थानीय प्रहरी, मिडियालगायत उनकी आमा अनिता सहित परिवारका सदस्यहरुसँग समेत आवश्यक समन्वय गरेको थियो भने मुनाको अन्त्यष्टि र आमाको सहयोगका लागि करिब ४० हजार डलर सहयोग संकलन गर्न समेत सघाएको थियो।

मुनाको अन्त्येष्टिका लागि ह्युस्टन आएकी उनकी आमा अझै नेपाल फर्केकी छैनन् ।

हिमालय खबरबाट 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्