site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वैद्य माओवादीको आरोप– कांग्रेस राष्ट्रवादी देखिन खोज्यो

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा मोहन वैद्य सर्वसम्मत चयन भएका छन् । यही मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनबाट वैद्यलाई महासचिवका रूपमा सर्वसम्मत चयन गरिएको हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले महाधिवेशनबाट संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, पूर्ण केन्द्रीय समिति ११७ जनाको, ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् समेत बनाउने निर्णय गरेको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पत्रकार सम्मेलनमा पार्टीका नेता सीपी गजुरेलले बेल्ड एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाअन्तर्गत सहायता मात्र लिने भनेर नेपाली कांग्रेसले राष्ट्रवादी, देशभक्त देखिन खोजेको आरोप लगाए । बीआरआईबाट नेपालले भविष्यमा धेरै आर्थिक फाइदा लिन सक्ने भएकाले आफ्नो पार्टीले विरोध नगर्ने उनले उल्लेख गरे ।

“अहिले कांग्रेसले बडो राष्ट्रवादी, देशभक्त देखिनको लागि के गरिरहेको छ भने यो बीआरआई बनाउन दिने, तर के गर्ने भने ऋणमा होइन, सहायतामा दिनुपर्छ भनेर सर्त राखिदिएको छ । नाफा कमाउनका निम्ति चीनले त्यो गरिरहेको छ,” उनले भने ।

उनले थपे, “यतातिर कांग्रेसले ऋण लिने कुरा हुँदैन, पूरै सहायतामा बनाउनुपर्छ भनिरहेको छ । त्यसमा विवाद निस्किएको छ । त्यो त चीन र नेपालले टुंग्याउने कुरा हो । हामीले यो हुनुपर्छ भन्ने कुरा भएन ।”

पार्टीले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्यालाई लिई स्वतन्त्र पहल र कार्यगत एकता एवं संयुक्त मोर्चा गरी संघर्षका कामलाई अगाडि बढाउँदै लैजाने निर्णय गरेको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्