site stats
बाह्रखरी :: Baahrakhari
देश
बुटवलमा बिरामी बोकेको जीप दुर्घटना, तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुलनजिकै जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गए राति बुटवल बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जीप दुर्घटना हुँदा जीपमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२, नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी र जीप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गौरीलाई एक्कासि दम बढेपछि उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जीप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पुल पार गरिसकेपछिको मोडमा जीप दुर्घटनामा परेको उनले बताए । जीप बुटवल–१३ स्थित अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । रासस
 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्