site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री लेखकको निर्देशन– परिणाममुखी काम गर्नू

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिको भर्जुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रूपमा रहेको बताउँदै सीमित स्रोतसाधनका बीच पनि गम्भीर भएर काम गर्न निर्देशन दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अहिले चुनौतीका रूपमा देखा परेका तीन वटै विषय एक–अर्कासित सम्बन्धित छन्,” उनले भने, “त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस ।”

सीमामा हुने अपराध, चोरीसिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशिलताको नीति अपनाउन आग्रह समेत गरे ।

मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको बताउँदै मन्त्री लेखकले सोहीअनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए । “शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ” उनले भने, विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ ।”

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्