site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटा ‘न्यू ह्विल्स, न्यू डिल्स’को हरेक बुकिङमा आकर्षक डिल्सको साथै आकर्षक उपहार

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले पुस २६ देखि २८ गते सम्म ‘न्यू ह्विल्स, न्यू डिल्स’ कार्यक्रम आयोजना गर्ने भएको छ । यस अवधिमा टाटाको नेपालमा अत्यधिक रुचाइएको टियागो ईभी र पन्च ईभीको हरेक बुकिङमा आकर्षक डिल्सका साथै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग आकर्षक डिल्समा टियागो ईभी र पन्च ईभी साट्न सकिने छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आकर्षक एक्सचेन्ज बोनसको साथै उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, एक वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

‘न्यू ह्विल्स, न्यू डिल्स’ टाटा मोटर्सको देशभर रहेका शोरुममा आयोजना हुन लागेको कम्पनीको भनाइ छ । ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्