site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हमासले गर्‍यो तीन इजरायली बन्धकलाई रिहा

काठमाडौं । हमासले रेडक्रसका अधिकारीहरूमार्फत तीन इजरायली बन्धकलाई इजरायली सेना (आईडीएफ)लाई सुम्पेको छ । जहाँबाट उनीहरूलाई इजरायल लगिएको छ ।

"फर्केकाहरूलाई विशेष आईडीएफ इकाई र शिन बेट सुरक्षा बलहरूले इजरायलमा फिर्ता लैजाँदैछन्, जहाँ उनीहरूलाई प्रारम्भिक चिकित्सा मूल्यांकन गरिनेछ," इजरायली सेनाले भन्यो, "आईडीएफ कमान्डर र सैनिकहरूले इजरायल फर्केका मानिसहरूलाई अभिवादन र अँगालो हाल्छन् ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"तीन महिला बन्धकलाई आधिकारिक रूपमा पश्चिमी गाजा सहरको अल–रिमाल छिमेकको अल–सराया स्क्वायरमा रेडक्रसलाई सुम्पिएको छ," हमासका एक अधिकारीले एएफपी समाचार संस्थालाई बताए ।

युद्धविराम सम्झौताअन्तर्गत, इजरायलका तीन महिला बन्धकहरूलाई रिहा गर्ने भनिएको थियो । जसमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीया एमिली डमारी र ३१ वर्षीय डोरोन स्टेनब्रेचर रहेका छन् ।

यी तीन बन्धकको बदलामा, इजरायलले ९० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २३:२६
प्रतिक्रिया दिनुहोस्