site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको आगामी बैठकको कार्यसूची निर्धारण

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा मंगलबार भएको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो । माघ १८ देखि ३० गतेसम्मका लागि सम्भावित कार्यतालिका निर्धारण गरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधिसभामा पेस हुनेछन् ।

 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्