site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हाङ्खिम र गिरीलाई मुक्तक पुरस्कार प्रदान

काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले आफ्नो १२औँ वार्षिकोत्सव र मुक्तक दिवसको अवसर पारेर दार्जलिङका मुक्तक लेखक तथा साहित्यकार नन्द हाङखिमलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ नगद राशि ५१ हजारसहित प्रदान गरेको छ ।

सोहीअवसरमा ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ नेपालगंजका साहित्यकार खगेन्द्र गिरी कोपिलालाई नगद राशि ३१ हजारसहित प्रदान गरियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले दुवै सर्जकहरूलाई पुरस्कृत गर्दै मुक्तकले सीमित हरफमा असीमित भाव अभिव्यक्त गर्ने बताए । ‘सिर्जना थोरै लेखे पनि कालान्तरसम्म जीवित रहने किसिमको हुनुपर्छ’ भन्दै प्रमुख अतिथि रेग्मीले साहित्यमा समाज देखिनुपर्ने बताए ।

उक्तअवसरमा नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजको सहकार्यमा प्रकाशित मुक्तकसंग्रह ‘मुक्तक मुहिम’ सार्वजनिक गरियो । कृतिभित्र विभिन्न सर्जकका ६७२ वटा मुक्तक समेटिएको छ । कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्कीले विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गरे ।

उक्तअवसरमा पुरस्कृतहरू हाङखिम र कोपिलाकासाथै रामकाजी कोने, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम रोदन, विवश पोखरेल, दुर्गाप्रसाद पोखरेल, ज्ञानुवाकर पौडेल, राधेश्याम लेकाली लगायतले बोले ।

नेपाली आधुनिक मुक्तकका प्रथम प्रयोक्ता भीमदर्शन रोका तथा नेपाली मुक्तकका विशिष्ट साधकत्रय कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीको स्मृतिमा प्रतिष्ठानका अध्यक्ष मुक्तककार रामकाजी कोनेले दुवै पुरस्कार स्थापना गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्