site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जर्मनीमा साहित्यिक कार्यक्रम सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीको फ्रांकफर्टमा वसन्त पञ्चमीको अवसर पारेर नेपाली साहित्यिक समारोहको आयोजना गरेको छ ।

उक्त अवसरमा लामो समयदेखि जर्मनीमा रहेर नेपाली भाषा–साहित्यका माध्यमबाट समुदायमा योगदान पुर्‍याएबापत अवैतनिक नेपाली महावाणिज्यदूत रामप्रताप थापालाई विशेष सम्मान र कार्यक्रममा सहयोग पुर्‍याउने होटल ट्रिप इनका तर्फबाट ‘एनआरएनए’का पूर्वअध्यक्ष कुमार पन्तलाई कदरपत्र प्रदान गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा जर्मनीका लागि नेपालका राजदूत डा. शैल रुपाखेतीले सम्मान तथा कदरपत्र प्रदान गरे । उक्त कार्यक्रममा साहित्यकारहरू पञ्चम अधिकारी, ब्रह्मदत्त वाग्ले, गोपाल दाहाल, सागर फुयाल, लीलाराज कार्की, शिशिर परियार, मनोजकुमार यादव, सौरभ कर्ण, दिनेश प्रधान, यज्ञ अधिकारी, कृतन गौतम, सुमन सिम्खडा, हरि हुमागाईं, अजित खड्का, ईनेशराज सुवेदी, बाबुराम भण्डारी, मनोजबाबु पनेरू, कपिल अर्याल, लुकास लुइँटेल, रविकिरण काफ्ले, सञ्जय पौडेल, विमल रानाभाटलगायतले कविता वाचन गरे । 

कार्यक्रममा कविता वाचनसँगै हाजिरी जवाफ र पुस्तकमाथि अन्तरक्रिया गरिएको कवि सागर फुयालले बताएका छन् । उक्त अवसरमा राजदूत डा. रुपाखेती, साहित्यकार जीवा लामिछाने र अनेसासका केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माईलगायतले भाषा साहित्यमाथि बोलेको फुयालले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्