site stats
बाह्रखरी :: Baahrakhari
देश
साइबर ब्युरोको फेक इमेल बनाई ठगी, दुई व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरुपयोग गरी साइबर ब्युरोको फेक इमेल बनाई ठगी कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । 

प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगो समेत दुरुपयोग गरी झुट्टा पत्र तयार गरी ब्युरोको फेक इमेल बनाई ठगी गर्ने सुनसरी जिल्ला देवानगन्ज गापा ७ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षका मनीषकुमार मेहता र सुनसरी जिल्ला देवानगन्जकै वडा नं १ स्थायी ठेगाना भएका अन्दाजी वर्ष २१ का इन्द्रजित यादव पक्राउ परेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरूले फेक इमेल (cyberbureau.gov.np@cyber-wizard.com) बनाई, सोही इमेलमार्फत पीडितलाई डर त्रासमा पारी रकम माग गरी ठगी गरेको भनेर प्राप्त पीडितको निवेदनका आधारमा प्राविधिक विश्लेषणसहितको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता खुलेको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी दीपकराज अवस्थीले जानकारी दिए । 

विद्युतीय माध्यम सम्बद्ध ठगीअन्तर्गतको कसुरमा गत आइतबार जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनीहरू पक्राउ परेका हुन् । 

काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप भई उनीरूमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्