site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाले नेपालले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेको छ । 

आगामी फागुन १९, २० र २१ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको पार्टीको बैठकका एजेन्डा तय गरिएको प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को समीक्षा हुने बताइएको छ । 

बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित हुने भएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्