site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालमा टियागो ईभी २०२५ मोडलको डेलिभरी सुरु

काठमाडौं । नेपालमा टियागो ईभी २०२५ को डेलिभरी सुरु गरिएको छ । थप फिचर्स, प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरसहित विद्युतीय गाडी टियागो सार्वजनिक गरिएको हो ।

भारतको अग्रणी विद्युतीय सवारीसाधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङसँगको सहकार्यमा नेपालमा टियागो ईभी २०२५ को बुकिङ र डेलिभरी थालिएको जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधा एवं अरू धेरै नयाँ डिजिटल विशेषताका साथ टियागो ईभी २०२५ मोडल पुरानै सुरुआती मूल्य २७ लाख ४९ हजार रुपैयाँमा उपलब्ध छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टियागो ईभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्युतीय ह्याचब्याकका रूपमा स्थापित भइसकेको बताए ।

यो गाडीमा २६.०३ सेन्टिमिटरको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छ । सुरक्षाको दृष्टिकोणले दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोलजस्ता विशेषता गाडीमा छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्