site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय समितिमा पानीजहाज सञ्चालन र व्यवस्थापन विधेयकमा छलफल हुँदै 

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । 

विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरूसँग छलफल हुनेछ । 

बैठक मध्याह्न १२ : ४५ बजे बस्नेछ । बैठकमा राधेश्याम अधिकारी र संविधानसभा सदस्य रामनारायण विडारीलाई बोलाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०६:२२
प्रतिक्रिया दिनुहोस्