site stats
बाह्रखरी :: Baahrakhari
देश
चोरीको मोटरसाइकल नम्बर परिवर्तन गरेर चलाइरहेका थिए चौधरीले, तीनजना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरीको विशेष जाँचका क्रममा मंगलबार उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ का रविकुमार चौधरी, पाल्पाको तानसेन नगरपालिका–६ का मनीष थापामगर र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–१ का २० वर्षीय विशाल तामाङ छन् । 

वास्तविक प्रदेश २–०२–००४ प ६६५० नम्बरको  मोटरसाइकलको नम्बर परिवर्तन गरी चौधरीले वाग्मती प्रदेश ०२–०१७ प ७५०५ राखी चलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीमाथि अनुसन्धान गर्दै जाँदा तामाङ र मगरको संलग्नता खुलेको हो । उनीहरूलाई जोरपाटीबाट पक्राउ गरिएको थियो । उनीहरूमाथि अनुसन्धान गर्न बौद्ध प्रहरीलाई बुझाइएको ट्राफिक प्रहरीका एसपी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) संजयबहादुर राउतले जानकारी दिए ।

आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्