site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले बोलायो सचिवालय बैठक 
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । फागुन १८ गते पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । “पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ,” उनले भने । 

एमाले जरा अभियान सञ्चालन गरिरहेको छ । मिसन ०८४ केन्द्रित गरी अभियान चलाइएको नेताहरू बताउँछन् । त्यस्तै, सरकारले ल्याएको ६ वटा अध्यादेश अलपत्र छ । माघ १८ गतेको प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेस भएको थियो । यिनै विषयमा एमालेले छलफल गर्न लागेको हो ।
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्