site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसियन महिला कपको उपाधि भिडन्त सिड्नी रंगशालामा

काठमाडौं । एसियन महिला कप–२०२६ को उपाधि भिडन्त अस्ट्रेलियास्थित सिड्नी रंगाशालामा हुने भएको छ । बिहीबार अस्ट्रेलियाले सिड्नी रंगाशालामा फाइनलसँगै एक सेमिफाइनल र दुई क्वार्टरफाइनल खेल आयोजना गरिने जनाएको हो ।

आगामी मार्च १ देखि अस्ट्रेलियाले एसियन महिला कप–२०२६ को आयोजना गर्दै छ । प्रतियोगितामा आयोजकसहित चार राष्ट्र सोझै छनोट भएका छन् । भारतमा सम्पन्न एसियन कप–२०२२ का शीर्ष तीन राष्ट्रका रूपमा चीन, दक्षिण कोरिया र जापान सोझै छनोट भएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगिताको छनोट चरण आगामी जुन र जुलाईमा हुनेछ । जसबाट आठ राष्ट्र छनोट हुनेछन् ।

अरू बाँकी सेमिफाइनल र क्वार्टरफाइनलका खेलहरू पर्थ रंगशालामा हुने तय भएको छ । पर्थ रंगशालामै १२ राष्ट्र समिलित प्रतियोगिताको उद्घाटन खेल हुनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्