site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दक्षिणकाली काव्य उत्सव : तीन स्रष्टा सम्मानित 

काठमाडौं । दक्षिणकाली काव्य उत्सव सम्पन्न भएको छ । दक्षिणकाली नगरपालिकास्थित सुसेली साहित्यिक प्रतिष्ठानले उक्त काव्य उत्सव सम्पन्न गरेको हो ।

शनिबार (फागुन १७) दक्षिणकाली क्षेत्रमा आयोजित कार्यक्रममा नगरप्रमुख मोहन बस्नेतले कवि तुलसी दिवस, साहित्यिक पत्रकार रोचक घिमिरे र आख्यानकार माया ठकुरीलाई सम्मान गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिष्ठानले कवि दिवसलाई ‘सुसेली साहित्यिक काव्य सम्मान–२०८१’, साहित्यिक पत्रकार घिमिरेलाई ‘सुसेली साहित्यिक पत्रकार सम्मान–२०८१’ र आख्यानकार ठकुरीलाई ‘सुसेली कथा सम्मान–२०८१’ द्वारा सम्मान गरेको हो । तीनै स्रष्टालाई सम्मानपत्रका साथ नगद राशि ११ हजार १११ रुपैयाँ प्रदान गरियो ।

कार्यक्रममा कविहरू कणाद महर्षि, गगनदीप सर्व, मुकुन्द पौडेल, दिव्य गिरी, सुमन थापा ‘संगम’, शेखर अर्याल, रमी प्रिया, शीतल गिरी, सुनील पुरी ‘सुनित’, वसन्त रिजाल, विक्रमभक्त जोशी, सत्या अधिकारी, ध्रुवराज थापा, रीता खत्री, दीपक लोहनी, विश्व सिग्देल, हरिश कल्पित, मणिराज सिंहलगायत ५० भन्दा बढी कविले कवितावाचन गरे ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्