site stats
बाह्रखरी :: Baahrakhari
देश
एमडीएमएस भ्रष्टाचार : ६९ करोड ६१ लाख ७७ हजार रुपैयाँ असुल हुने फैसला
फाइल तस्बिर ।

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)को मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल दोषी ठहर भएका छन् । विशेष अदालतले खरिद प्रक्रियाका अयोग्य कम्पनीलाई छनोट गरेको तथा दुई करोड ४२ लाख अमेरिकी डलर लगत बढाएको ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले २३ करोड २० लाख ५९ हजार ३१४ भ्रष्टाचार भएको ठहर गरेको हो । विशेषले अध्यक्षद्वय झा र खनाललाई एक वर्ष एक महिना कैदसहित जरिवाना सुनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विशेषले भुक्तानी भएको रकमबाट दामासाहीले हुने पाँच करोड ८० लाख १४ हजार ८२८ जनही बिगो कायम गरी उनीहरूबाट त्यति नै जरिवाना असुल्न फैसला गरेको छ ।

Bishesh-Adalat-1741332218.jpg
 

अध्यक्षद्वयसँगै न्युमेरा एसडीएन बीएचडी मलेसिया, नमस्ते ग्लोबल कम पीटीई एलटीडी सिंगापुर र ओएसलाई डिजिटल प्रालि इन्डियाको जोइन्ट भेन्चर भएर सम्झौतामा हस्ताक्षर गरेका न्युमेराका मोहनुर अमिन विन मोहद नुर खानलाई पनि एक वर्ष कैद सजाय भएको छ । जोइन्ट भेन्चरमा काम गरेका सबै कम्पनीहरू न्युमेरा एसडीएन बीएचडी मलेसिया, नमस्ते ग्लोबल कम पीटीई लिमिटेड, सिंगापुर र ओएसलाई डिजिटल प्रालि इन्डियालाई पनि समान पाँच करोड ८० लाख १४ हजार ८२८ असुल गरेर त्यति नै जरिवाना गराउन फैसला भएको छ ।

फैसला अनुसार, सबै प्रतिवादीबाट बिगो र जरिवानासहित कुल रकम ६९ करोड ६१ लाख ७७ हजार ९३६ रुपैयाँ असुल गर्नुपर्नेछ ।

एमडीएमएस भ्रष्टाचारमा प्रतिवादी बनाइएकामध्ये आनन्दराज खनाल, दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, मिनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतीक्षा पौडेल, विजयकुमार राय यादव र निराजन कोइराला छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्