site stats
बाह्रखरी :: Baahrakhari
विदेश
‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द 

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)का ८३ प्रतिशत कार्यक्रम रद्द गरिरहेको बताएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरे, जसमा उनले विदेशमा खर्चको मूल्यांकन गर्न समय दिनका लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न माग गरिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘‘छ हप्ताको समीक्षापछि, हामी आधिकारिक रूपमा युएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै छौँ,” रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरे । 

“अहिले रद्द गरिएका पाँच हजार २०० सम्झौतामा अर्बौं डलर खर्च गरिएको थियो, जुन संयुक्त राज्यको मूल राष्ट्रिय हितहरूसँग मेल खाँदैन (र केही अवस्थामा हानि पनि पुर्‍याएको) थियो ।”

“युएसएआईडीले विश्वभर अमेरिकी मानवीय सहायता प्रदान गर्दछ । लगभग १२० देशहरूमा स्वास्थ्य र आपतकालीन कार्यक्रमहरू सञ्चालन गर्दछ ।”

रुबियोले सोमबार विशेष गरी सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अर्बपति एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डीओजीई)लाई धन्यवाद दिए । 

ट्रम्प र उनका सहयोगीहरूले विदेशी सहयोग बेकार भएको र अमेरिकी हितमा नरहेको तर्क गरेका छन् ।

साथै, सहायता कटौतीले कमजोर मानिसहरूको जीवन जोखिममा पार्न सक्ने सहायता समूहहरूले तर्क गरेका छन् ।रासस/एएफपी

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्